२०८३ जेष्ठ ३० गते
×

Now Playing

मुड्केचुलामा सञ्चार सुविधा, एकैसाथ तीन टावर सञ्चालन

जाजरकोट  । सञ्चार सेवाबाट समस्य भोग्दै आएका मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासीले आइतबारदेखि पालिकाभर सञ्चार सेवा पाएका छन् ।

पालिकाको वडा ३ प्यारीलेक , पातीहाल्न र वडा ८ को ओक्टमा एकै साथ तीन वटा टावर निर्माण भई सञ्चालनमा आएपछि स्थानीयवासीले टेलिफोन सेवा सहज रुपमा पाएको स्थानीयवासी दिलिप सिंहले बताए।

सञ्चार सेवाभन्दा बाहिर रहेका मुड्केचुलावासीले घरमै बसेर फोन गर्न पाउँदा खुसी भएको सिंहले बताए । दिउँसोबाट नमस्तेको टावर सञ्चालन आएसँगै गाउँपालिकाको कुनै पनि क्षेत्रमा फोन सम्पर्क गर्न सकिने गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। गाउँपालिका भरी टेलिफोन टावर निर्माण गर्ने अध्यक्ष शाहीको चुनावी नारा रहेको थियो। गाउँपालिकाको समेत सहयोगमा टावर निर्माण भएको उनले बताए ।

रुकुम पश्चिम आठबीसकोट, जाजरकोटको नलगाड नगरपालिकासँग जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका जुम्लाको सिमानासँग समेत जोडिएको छ। टावर सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणहरु अग्लो डाँडामा गएर फोन सम्पर्क गर्न बाध्य रहेका थिए।

मुड्केचुलामा सञ्चार सुविधा, एकैसाथ तीन टावर सञ्चालन

मुख्यमन्त्री शाहीले विन्दमान विष्टलाई सपथ नखुवाइ किन

मुड्केचुलामा सञ्चार सुविधा, एकैसाथ तीन टावर सञ्चालन

घरेलु मैदानमा हारेसँगै ला लिगाको उपाधि होडबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *