बेल्जियमको राष्ट्रिय टेलिभिजनमा गुञ्जियो ‘एलओडीको’ नयाँ वर्ष

काठमाडौं । नेपालीहरूले नयाँ वर्ष २०७८ वैशाख १ विभिन्न कार्यक्रम गरेर मनाएका छन्। देशमा कोरोना कहर भए पनि कहरलाई बिर्सेर रहर मानी मानेर मनाएका छन् । नव वर्षको पहिलो दिन विभिन्न स्थानमा मनोरञ्जन कार्यक्रम गरी मनाइन्छ। त्यस दिन स्वदेशी तथा विदेशी कलाकारले मनोरञ्जन प्रदान गरेर नेपाली युवायुवतीलाई नचाएका थिए ।
स्वदेशी तथा विदेशी पर्यटकले सधै झुम्ने ठमेल कोरोना कहरले २०७७ सुस्तायो। कोरोना कहरसँगै बिस्तारै गुल्जार बन्दै गरेको छ ठमेल । जसलाई गुल्जार बन्नेको पर्याय माने पनि फरक नपर्ने ‘एलिट’ वर्ग गएर नाच्ने ‘एलओडी’ बन्दै गएको छ ।

‘एलओडी’ क्लबमा २०७८ को नयाँ वर्षमा विदेशी ‘डिजे वाइभेस भी’ ले नेपालका युवायुवतीलाई नचाएका थिए। एलओडीमा नाचेका उक्त भिडियो बेल्जियमको राष्ट्रिय टेलिभिजनमा प्रसारण गरेको छ । कोरोना कहरलाई बिर्सेर नेपालीले एलओडीमा मनाएको नयाँ वर्षको उक्त भिडियो युरोपियन मुलुकको राष्ट्रिय टेलिभिजनमा प्रसारण हुनु भनेको पर्यटकीय क्षेत्रमा गौरवको विषय भएको एलओडीले जनाएको छ ।
यस्ता मनोरञ्जनात्मक क्रियाकलापले विदेशी पर्यटकलाई आगमन गर्न सक्ने वातावरण बन्न सक्ने एलओडीको दाबी छ । कोरोनाले विश्वलाई गलाएको बेला नेपालमा पर्यटकलाई मनोरञ्जन दिने वातावरण बन्दै गएको सन्देश जाने एलओडीले जानकारी दिएको छ । कोरोना कहर बढ्दै गए पनि मनोरञ्जन गर्न आउनेलाई अनिवार्य स्वास्थ्य मापदण्ड पालना लगाइएको एलओडीले उल्लेख गरेको छ ।






