रूसद्वारा १० अमेरिकी कूटनीतिज्ञमाथि प्रतिबन्ध

एजेन्सी । अमेरिकाले लगाएका विभिन्न प्रतिबन्धको जवाफमा रूसले १० अमेरिकी कूटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको छ ।

मस्कोमा कार्यरत १० कूटनीतिज्ञलाई रुसले निस्काशित गर्न लागेको हो ।

 

रूसी विदेशमन्त्री सर्गेइ लावरोवले वासिंटनसँग भएको विवादमा रुसले गतिलो जवाफ दिने चेतावनी दिएको केही समयमा रूसको यस्तो निर्णय आएको हो ।

रूसले मस्कोमा अमेरिकी गैरसरकारी संगठनको हस्तक्षप रोक्न भन्दै आठ अमेरिकी कूटनीतिज्ञलाई प्रतिबन्धको सूचीमा समावेश गरेको छ ।

 

त्यस्तै‚ दुईजना दूतावासका कूटनीतिक कर्मचारी प्रतिबन्धको सूचीमा समावेश रहेको बताइएको छ ।

 

यसअघि अमेरिकाले गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा दखल पुर्‍याएको भन्दै १० रूसी कूटनीतिज्ञलाई प्रतिबन्ध लगाएको थियो ।

 

कूटनीतिज्ञलाई प्रतिबन्ध लगाएपछि राष्ट्रपति जो बाइडेनले रुससँग सामरिक स्थिरताका लागि वार्ताको प्रस्ताव राखेका थिए ।

सामरिक स्थिरताका विषयमा वार्ताका लागि भने रूस पनि तयार भएको छ ।

रूसद्वारा १० अमेरिकी कूटनीतिज्ञमाथि प्रतिबन्ध

विश्वमा कोरोनाबाट एकै दिन साढे १२ हजारको

Leave a comment

Your email address will not be published. Required fields are marked *