विश्वमा कोरोनाबाट एकै दिन साढे १२ हजारको मृत्यु‚ भारतमा १ हजार ३३८ को मृत्यु

एजेन्सी । कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४५३ जनाको मृत्यु भएसँगै विश्वभर मृत्यु हुनेको संख्या ३० लाख ११ हजार पुगेको हो।
यस्तै‚ पछिल्लो २४ घण्टामा विश्वभर ८ लाख २५ हजार कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा बढी भारतमा थपिएका छन् । भारतमा २ लाख ३३ हजार ९०० संक्रमित थपिएका छन् । सोही अविधमा एक हजार ३३८ संक्रमितको मृत्यु भएको छ ।

यसैगरी अमेरिकामा ७९ हजार ४०० संक्रमित थपिएका छन् भने ८६३ जनाको मृत्यु भएको छ । ब्राजिलमा ७६ हजार २०० संक्रमित थपिँदा ३ हजार ७० जनाको मृत्यु भएको जनाइएको छ । टर्कीमा ६३ हजार संक्रमित थपिँदा २८९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा ३६ हजार ४०० संक्रमित थपिएका छन् भने ३१३ जना संक्रमितको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ लाख नाघेको छ । अर्जेन्टिनामा २९ हजार संक्रमित थपिँदा १५९ जनाको मृत्यु भएको छ । इरानमा २५ हजार संक्रमित थपिँदा ३२८ जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक थपिएकासहित विश्वभर कोरोना संक्रमतिको संख्या १४ करोड ५ लाख पुगेको छ। जसमध्ये संक्रमणमुक्त हुनेको संख्या ११ करोड ९३ लाख पुगेको छ ।






