अफगानिस्तान बम हमाला : एकै परिवारका तीन जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राति भएको बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको मृत्यु भएको छ ।

मारिएका ती सर्वसाधारणमा तीन जना एकै परिवारका रहेका बताइएको छ । एक महिला र उनकै दुई बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती परिवारको गाडी बमसँग ठोक्किँदा उनीहरुको सवारीसाधान ध्वस्त भएको प्रहरी प्रवक्ता जमाल बराक्जाईले जनाएका छन् ।

अफगानिस्तानमा आतङ्ककारीहरुले सुरक्षाबललाई लक्षित गर्दै गृहनिर्मित बम सडक किनारमा विस्फोटन गराउँदै आएका छन् । यस्ता घातक हतियारले सर्वसाधारणलाई पनि बारम्बार हानि पुन्याउँदै आएको छ ।

अफगानिस्तानमा सन् २०२० जारी सशस्त्र द्वन्द्वमा परी २ हजार ९५० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै ५ हजार ५४० भन्दा बढी घाइते भएका देशको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ ।

सन् २०२० मा भएका अर्को छुट्टै घटनामा ३३० जना महिला र ५६५ बालबालिकाको मृत्यु भएको सो आयोग थप जानकारी दिएको छ ।

अफगानिस्तान बम हमाला : एकै परिवारका तीन जनाको मृत्यु

कुम्भ मेलामा सरिक साधुको निधन, ६८ जना

अफगानिस्तान बम हमाला : एकै परिवारका तीन जनाको मृत्यु

विश्वमा कोरोनाबाट एकै दिन साढे १२ हजारको

Leave a comment

Your email address will not be published. Required fields are marked *