कुम्भ मेलामा सरिक साधुको निधन, ६८ जना संक्रमित

एजेन्सी । निरन्जानी अखाडाले कुम्भबाट बाहिरिने निर्णय गरेको छ । मध्य प्रदेशको निर्वानी अखाडाका महामंडलेश्वर कपिलदेव दासको कोरोनाबाट निधन भएपछि यस्तो निर्णय गरेको हो । दास कुम्भमा उपस्थित भएपछि कोरोना संक्रमण भएको थियो। उनको उमेर ६५ वर्षको थियो ।

कुम्भमा संलग्न ६८ जना साधुहरू संक्रमित भएको स्वास्थ्य विभागका एक उच्च अधिकारीले बताएका छन् । निरञ्जनी क्षेत्र जुना अरेनापछि दोस्रो सबैभन्दा ठूलो नागा सन्त क्षेत्र हो ।

निरंजनी अखाडाका सचिव महन्त‍ रविन्द्र पुरीले भनेका छन् कि कोभिड जस्तो लक्षण हरिद्वारको शिविरमा अधिकांश साधु र भक्तहरूमा देखा परेको छ। यसलाई ध्यानमा राख्दै १७ अप्रिलमा मेला सम्पन्न गर्ने निर्णय गरेको । कुम्भ मेला आधिकारिक रूपमा अप्रिल ३० मा समाप्त हुनेछ ।

यस्तै, नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हरिद्वारमा सञ्चा‍लित महाकुम्भ मेलामा कोरोना संक्रमण उच्च देखिएको छ। शाहले मंगलबार गंगास्‍नान गरेका थिए । १० देखि १४ अप्रिलसम्म गरिएको परीक्षणमा १७ सय भन्दा बढी संक्रमण पुष्टि भएको हो । स्वाब परीक्षणमा कार्यरत चिकित्सकका अनुसार कुम्भ भेलामा आएका मध्ये २ लाख ३६ हजार ७ सय ५१ जनाको स्वाब लिँदा १ हजार ७ सय १ जनामा कोरोना पुष्टि भएका छन् ।

भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन चैत २६ गते बिहीबार उनी भारत गएका थिए । यो संसारकै सबैभन्दा ठूलो धार्मिक मेला मानिन्छ । भारतमा कोरोना भाइरस फैलन यो मेलाले थप बल पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हरिद्वारका मुख्य चिकित्सा अधिकारी शम्भु कुमार झाका अनुसार बिहीबार आरटिडी-पिसिआर र्‍यापिड एन्टिजेन टेस्टमार्फत निकालिएको संक्रमितको लिस्टमा भएका संक्रमितमध्ये पाँच दिनमा हरिद्वारमा उपस्थित श्रद्धालु सबैभन्दा बढी संक्रमित भएको पाइएको छ । झा का अनुसार अहिले थप परीक्षण रिपोर्ट आउने क्रम छ। त्यसमा पनि यस्तै नतिजा आउने उनले शंका व्यक्त गरे ।

उनीहरुको नतिजा आएपछि संक्रमण २ हजार भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । कुम्भ मेला करिब ६ सय ७० हेक्टर जमिनमा फैलिएको थियो। जसमा ऋषिकेशसहित हरिद्वार, टिहरी र देहरादून जिल्ला समावेश छन् । १२ अप्रिल मा सोमवती अमावस्या र १४ अप्रिलमा मेष संक्रान्तिको अवसरमा आयोजित अन्तिम दुई ‘शाही स्नान’ मा करिब ४८ लाख ५१ हजारले बिनामास्क भाग लिएका थि ए।

कुम्भ मेलामा सरिक साधुको निधन, ६८ जना संक्रमित

हरेक वर्ष गोलीकाण्डमा मारिन्छन् ४० हजार अमेरिकी

कुम्भ मेलामा सरिक साधुको निधन, ६८ जना संक्रमित

अफगानिस्तान बम हमाला : एकै परिवारका तीन

Leave a comment

Your email address will not be published. Required fields are marked *