कर्णालीमा ‘फ्लोर क्रस’को भोलिपल्ट प्रचण्ड-माधव छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरका एक व्यवसायीको घरमा बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

कर्णाली प्रदेशमा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेको भोलिपल्ट प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । कर्णालीमा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाल समूहको ४ सांसदले विश्वासको मत दिएको थिए ।

शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी एमालेले हटाउने निर्णय गरिसकेको छ ।

नेकपाको एकता भंग भएपछि पनि दुई नेताहरुबीच पटक पटक भेटवार्ता गरिरहेका छन् । संघीय सरकारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाबन्दी बनिरहेको बेलामा दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कर्णालीमा ‘फ्लोर क्रस’को भोलिपल्ट प्रचण्ड-माधव छलफल

सिसिएमसीको बैठक बस्दै विद्यालयको विषयमा निर्णय हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *