सिसिएमसीको बैठक बस्दै विद्यालयको विषयमा निर्णय हुने

काठमाडौं । कोरोना संक्रमण बढेको र त्यसबाट बालबालिकाहरू धेरै प्रभावित भइरहेको बेलामा शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दै छ।

दिउँसो दुई बजे सिंहदबारमा बस्न लागेको बैठकमा पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमण त्यसको असर नियन्त्रणको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने उपप्रधानमन्त्री एवम् केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।

बैठकमा विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि छलफल हुने जनाइएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भने १४ जिल्लालाई संक्रमणको जोखिमयुक्त जिल्ला भन्दै विद्यालयमा नजान र ससाना बालबालिकामा समेत अत्यधिक असर देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले आग्रह गरिसकेको छ ।

मन्त्रालयले यसअघि नै एक महिना विद्यालय बन्द गर्ने प्रस्ताव गरेको थियो । विद्यालय बन्द गर्ने/नगर्नेबारे सरकारी निकायबीच एकमत छैन । सरोकारवालाले तत्काल विद्यालय बन्द गर्न नहुने बताउँदै आएका छन् । आजको बैठकले महामारीको जोखिम बढेको क्षेत्रमा गर्न सकिने नियन्त्रणका विषयमा समेत छलफल गर्नेसमेत बताइएको छ ।

सिसिएमसीको बैठक बस्दै विद्यालयको विषयमा निर्णय हुने

कर्णालीमा ‘फ्लोर क्रस’को भोलिपल्ट प्रचण्ड-माधव छलफल

सिसिएमसीको बैठक बस्दै विद्यालयको विषयमा निर्णय हुने

यसकारण आवश्यक छ घटना दर्ता, नगराए झमेलै-

Leave a comment

Your email address will not be published. Required fields are marked *