थलिए ‘सुइना कर्णालीका’का कलाकार

मुगु, ४ चैत ।
सुमन मल्लले ‘सुइना कर्णालीका’ नाटकमार्फत कर्णालीको स्वर्णिम सपना संसारलाई सुनाए । ‘कर्णाली दख्खिन बग्दो छ’ झन् बेजोड नाटकको रुपमा चर्चित बन्यो, जसले कर्णालीको कथाव्यथा बाहिर ल्यायो । दलित समुदायको पीडा प्रस्तुत गरिएको ‘सुइना कर्णालीका’मा हुड्के बनेर उनले दर्शकको वाहवाही पाए । उनी कर्णालीलाई थप नाटक दिन चाहन्थे । तर उनको त्यो सपना अहिले ओछ्यानमा थला परेको छ । कर्णालीको कला क्षेत्रमा अमूल्य सम्पदा बनेका यिनै दुई नाटकका लेखक तथा

पुगे पनि स्वास्थ्यमा सुधार नआएको मल्लकी श्रीमति गंगादेवीले बताइन् । निरन्तर औषधि सेवन गरे पनि सञ्चो नहुँदा घरेलु उपचार पनि जारी राखेको उनको भनाइ छ । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भयो,’ उनले भनिन्, ‘रकम नहुँदा महँगो अस्पतालमा लगेर उपचार गराउन सकिएको छैन ।’ आमासहित ६ जनाको परिवारको पालनपोषण गर्ने मल्ल आफै बिरामी परेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताइन् । आर्थिक समस्याकै कारण दुई छोरी र एक
छोराको पठनपाठनमा पनि कठिनाइ देखिएको छ । नेपालगन्जमा उपचार गर्न जाँदा छायानाथरारा नगरपालिकाले ५० हजार सहयोग गरेको थियो भने जुम्लामा उपचार गर्दा स्थानीय पत्रकारले खर्च जुटाइदिएका थिए । दुई महिनाअघि हङकङ ठकुरी सहयोग समाजमार्फत धिरजंग शाहीले उनको उपचारका लागि एक लाख रुपैयाँ संकलन गरेका थिए । ‘आफन्त र साथीभाइले सहयोग गरे औषधि किन्छु,’ मल्लले भने, ‘कहिलेकाही औषधि किन्न नसक्दा घरेलु उपचारको भर पर्नुपरेको छ ।
’ नेपाल पत्रकार महासंघ मुगुका पूर्वअध्यक्षसमेत रहेका उनी नागरिक दैनिक, रारा रैबार अनलाइन र रेडियो मुगुमा समेत आबद्ध थिए । अहिले रोगकै कारण पत्रकारिता पेशाबाट निस्क्रिय छन् । ‘कलम नसमातेको पनि दुई वर्ष भयो,’ उनले भने, ‘दिमागले काम गर्नै छोडेपछि नाटक लेख्न पनि छोडें ।’ नाटक र समाचारमार्फत कर्णालीको पीडा उजागर गर्ने मल्लको जीवन रक्षाका लागि सहयोग गर्न महासंघका संस्थापक अध्यक्ष विनोद मल्लले आग्रह गरे ।





