जाडो महिनामा फ्लुको सङ्क्रमण बढी हुने भएकाले सुरक्षित रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो महिनामा इन्फ्लुएञ्जा अर्थात फ्लुको प्रकोप बढी हुने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।

फ्लु भाइरसका कारण सर्ने सङ्क्रामक रोग भएको र यो जाडो महिनामा बढी सक्रिय हुने भएकाले विशेष ख्याल गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

फ्लु नवजात शिशु, अधबैँसे व्यक्ति र वृद्धवृद्धा गरी सबै उमेर समूहका मानिसलाई लाग्ने र पूर्व सावधानी अपनाएमा बच्न सकिने मन्त्रालयको भनाइ छ ।

बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम राख्ने, खोक्दा, हाच्छ्युँ गर्दा नाक, मुख छोप्ने, शारीरिक रुपमा सक्रिय रहने, प्रसस्त झोलिलो खानेकुरा खाने, सम्भव भएसम्म सामान्य बिरामी हुँदा पनि घरमै बस्ने, बेलाबेला साबुनपानीले हात धुने गरेमा फ्लुबाट बच्न सकिने मन्त्रालयको भनाइ छ ।

सामान्यतया फ्लु भएका बिरामीलाई डाक्टरको हेरचाह र एण्टीभाइरल औषधिको आवश्यकता नपर्ने भए पनि दीर्घरोगी, गर्भवती, सुत्केरी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र वृद्धवृद्धाले भने डाक्टरसँग नियमित सम्पर्कमा बस्नुपर्ने मन्त्रालयको सुझाव छ ।

जाडो महिनामा फ्लुको सङ्क्रमण बढी हुने भएकाले सुरक्षित रहन स्वास्थ्य मन्त्रालयको आग्रह

जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस

जाडो महिनामा फ्लुको सङ्क्रमण बढी हुने भएकाले सुरक्षित रहन स्वास्थ्य मन्त्रालयको आग्रह

भारतबाट चोरी गरेर आएका दुई पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *