भारतबाट चोरी गरेर आएका दुई पक्राउ


कञ्चनपुर :  भारतको बेङलोरबाट सुनका गरगहना सहित नगद रकम चोरी गरेर आएका बेलौरी नगरपालिका(१ पटैयाका दुईजनालाई गतराति प्रहरीले पक्राउ गरेको छ।

भारतीय प्रहरीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट ठूलो मात्रामा सुनचाँदीका गरगहना र लाखौं नगद रकम बरामद गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाससिंह विष्टले बताए। चोरी गरेर ल्याएका गरगहना र नगद रकमको सूची बनाउने कार्य भइरहेको उनले बताए।

काम गर्दै आएका भारतीय व्यापारीको घरबाट दुवैजनाले गहना र नगद रकम चोरी गरी ल्याएको हुन सक्ने बताइएको छ।

भारतबाट चोरी गरेर आएका दुई पक्राउ

जाडो महिनामा फ्लुको सङ्क्रमण बढी हुने भएकाले

भारतबाट चोरी गरेर आएका दुई पक्राउ

विप्लवको ‘बन्द’लाई देखाएर एमालेद्वारा प्रदेशसभा बैठक स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *