विवाह गर्दै गायिका प्रविशा

गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले झापा चारपाने निवासी निर्माण सिटौलासँग लगानगाँठो कस्न लागेकी हुन् ।​

प्रविशा र निर्माणको विवाह समारोह आगामी मंसिर ५ गते झापामै आयोजना गरिएको छ । निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् ।

दुवै परिवारको सहमतीमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले बताइन् । प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् । प्रविशा केही दिन अगाडिबाट सुरु भएको रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छन् ।

विवाह गर्दै गायिका प्रविशा

शिक्षामा लगानी बढाऊ

विवाह गर्दै गायिका प्रविशा

कर्णालीमा सत्ता गठबन्धनभित्रै किचलो

Leave a comment

Your email address will not be published. Required fields are marked *