वर्षेनि बजेट अभावमा सिटिहल सहितको रंगशालाले पुर्ण ता पाउन सकेन

दुर्गा विसि

सिम्ता गाउँपालिका सुर्खेतको वजेट अभावमै रंगशालाले पुर्नता पाउन सकिरहेको छैन ।सुरुकाे वर्ष १८ लाख विनियोजन गरेको गाउँपालिकाले गत आर्थिक वर्षमा ३० लाख विनियोजन गरेको थियोे भने चालू आर्थिक वर्षमा ७० लाख विनियोजन गरेको छ । प्रायाप्त वजेट अभाव र प्रदेश र केन्द्रबाट अाउने वजेट अपुग हुने भएकोले याे कामले पुर्णता नसकेको वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरीले जनाए ।

निका छरेकाे जस्तै वजेट विनियोजन हुदा दुर्भाग्यवश ठुला याेजनाले पुर्णता नपाउनु विडम्बनापूर्ण भएको अध्यक्ष ठकुरीको भनाइ रहेको छ ।सिम्ता वडा ६ काे लिसिडाँडामा बन्दै गरेको सिम्ता गाउँपालिका स्तरीय खेलमैदान सिटिहल सहितको बन्ने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले बताए ।

फिल्डकाे काम हुन अझै बाँकी छ,त्यसपछि कम्पाउण्ड,हल समेत निर्माणकार्य हुने जनाएको छ । तर विभिन्न क्षेत्रमा हुने वजेट विनियोजनका कारण यसमा वजेट अपुग हुने गरेको छ ।गाउँपालिकामा आउने छाेटाे वजेटकै कारण भने जसरि समयमै सम्पन्नता हुन नसकेको गाउँपालिका अध्यक्ष केसिले स्विकारे । सिम्तामा युवाहरुकाे खेलमैत्री कुराहरूलाई मध्यनजर गर्दै खेलाडी युवाहरूको चाहाना परिपुर्ति गर्न आफ्नै कार्यकालमा याे कामले पुर्णता पाउने वडा अध्यक्ष ठकुरी र गाउँपालिका अध्यक्ष केसिकाे भनाइ रहेको छ ।

सिम्ता क्याम्पससँग नजिकै लिसिडाँडा वन्दै गरेको याे खेलमैदान यसै वर्ष पुर्णता हुनलाई प्रदेश सरकार र संघिय सरकारका माननियसँग ठुलो आसा राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा अाउने छाेटाे वजेट अन्यत्र पनि कनिका छरेझै गर्नु पर्ने भएकोले सबै ठाउँमा प्रयाप्त वजेट अपुग हुदा समस्या थपिएकाे वताएकाे छ ।

वर्षेनि बजेट अभावमा सिटिहल सहितको रंगशालाले पुर्ण ता पाउन सकेन

आज साउने सङ्क्रान्ति मनाइँदै

वर्षेनि बजेट अभावमा सिटिहल सहितको रंगशालाले पुर्ण ता पाउन सकेन

राजनीतिबाटै समाज रुपान्तरण गर्ने अठोट

Leave a comment

Your email address will not be published. Required fields are marked *