प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमा सरे

काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।
शुक्रबार बिहान ९ः५७ बजेको शुभ साइत पारेर देउवा निजी निवास बूढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सरेका हुन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छोडेका थिए ।
मंगलबार प्रधानमन्त्री भएका देउवा निजी निवास बूढानिलकण्ठमै बसिरहेका थिए ।






