४० बर्षपछि सडक कालोपत्रे

सुर्खेत । वीरेन्द्रनगर उद्योगिक क्षेत्रको भित्री सडक कालोपत्रे गरिएको छ । औद्योगिक क्षेत्र स्थापना भएको झण्डै ४० बर्षपछि सडक कालोपत्रे भएको भएको हो ।
उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयको ६० लाखको लागतमा साढे पाँच मिटर सडक कालोपत्रे गरिएको वीरेन्द्रनगर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख जीवनारायण बन्जाडेले जानकारी दिए ।
सडक कालोपत्रे भएसँगै उद्योगी व्यावसायीलाई सहज भएको छ । वीरेन्द्रनगरमा हाल २७ वटा उद्योगहरुमध्ये २१ वटा मात्रै सञ्चालनमा छन् । जसमध्ये तीनवटा उद्योगहरु निर्माणधिन अवस्थामा छन् भने बाँकी तीन वटा उद्योग भने बन्द अवस्थामा छन् ।






