करिनादेखि आमिरसम्मः यी सेलिब्रिटीले शाही परिवारमा गरे विवाह

एजेन्सी । बलिउड सेलिब्रिटी होउन् वा हलिउड, दर्शकलाई उनीहरुको नीजि र व्यावसायिक जीवनबारे निकै रुची हुन्छ । मानिसहरु उनीहरुको जीवनमा के चलिरहेको छ भनेर जान्न उत्सुक हुन्छन् । विशेषगरी सेलिब्रिटीको प्रेम जीवन र उनीहरुको विवाह ।

बलिउड–हलिउड दुबै क्षेत्रमा नायक तथा नायिकाले शाही परिवारमा विवाह गरेका छन् । आउनुहोस्, ती कलाकारबारे कुरा गरौं जसले आफ्नो सम्बन्ध राजघरानामा जोडे, जसमा करिना कपुर खान, आमिर खान र कुणाल खेमूका साथै अन्य पनि ।
आमिर खान र किरण रावः

आमिर खानकी श्रीमती किरण रावको शाही घरानासँग सम्बन्ध छ । उनी फिल्ममा त कहिल्यै देखिइनन् तर उनले थुप्रै फिल्मको निर्देशन गरेकी छिन् ।
किरणका हजुरबुवा जे. रामेश्वर राव तेलंगानाको महबुबनगरका महाराजा थिए, उनीपछि किरणका पिताले यो विरासत सम्हाले । किरण राव र आमिर खानको विवाह सन् २००५ मा भएको थियो । उनीहरुका एक छोरा आजाद राव खान छन् ।






