पाँच वर्ष अघि भयो भेट, त्यसपछि इन्गेजमेन्टः विवाहको तयारी बीच सेलिब्रिटी जोडीले तोडे सम्बन्ध

एजेन्सी । हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेज र उनका प्रेमी एलेक्स रोड्रिगेजबीचको सम्बन्ध आधिकारिक रुपमा समाप्त भएको छ ।

१५ अप्रिलमा जेनिफर र एलेक्सले बयान जारी गर्दै आफ्नो सम्बन्ध टुटेको पुष्टि गरेका छन् । ई न्यूजसँगको कुराकानीमा उनीहरुले आफू एक–अर्काको साथी रहिरहने बताएका छन् ।

जेनिफर लोपेज र एलेक्स रडले संयुक्त रुपमा भने, ‘हामीले राम्रोसँग बुझिसकेका छौं कि हामी साथीको रुपमा नै राम्रा छौं र पछि पनि हामी साथी नै हुनेछौं ।

हामी सँगै काम गर्न जारी राख्नेछौं र हामीबीच शेयर बिजनेस र प्रोजेक्ट्सको विषयमा एक अर्कालाई समर्थन गर्नेछौं ।’

जेनिफरका १३ वर्षका जुम्ल्याहा बच्चा म्याक्सिमिलियन म्याक्स डेभिड र एमे मारिबेल छन् ।

यी उनका पूर्व श्रीमान् मार्क एन्थनीमार्फत् जन्मिएका सन्तान हुन् । यस्तै एलेक्सका दुई छोरी नताशा र एला रोड्रिगेज छन् जो उनकी पूर्व श्रीमती सिन्थिया स्किुर्टिसमार्फत् भएको हो ।

यस्तोमा जेनिफर र एलेक्सले एक–अर्काका सन्तानका लागि पनि मेसेज छोडेका छन् ।

यी दुईले आफ्नो बयानमा थपे, ‘हामी एक–अर्कालाई र एक–अर्काका बच्चाका लागि आशीर्वाद दिन्छौं ।

उनीहरुलाई इज्जत दिँदै हामी यतिमात्रै भन्न चाहन्छौं कि जसले हामीलाई समर्थन गर्नुभएको छ र हाम्रा लागि दयालु भावयुक्त मेसेज पठाउनुभयो, उहाँहरुलाई धन्यवाद ।’

एलेक्स र जेनिफरबारे एक महिनाअघि नै दुईको ब्रेकअप भएको खबर आएको थियो । यसबारे कुरा गर्दै उनीहरुले भने, ‘त्यो खबर गलत थियो । हामी आफ्नो सम्बन्धमा काम गरिरहेका थियौं ।’

स्मरण रहोस्, जेनिफर र एलेक्स पछिल्लो केही समयदेखि आफूहरुबीचको मतभेद सुल्झाउने कोसिस गरिरहेका थिए । कुरा मिल्न नसकेपछि उनीहरुले अलग्गिने निर्णय गरे ।

स्मरण रहोस्, जेनिफर लोपेज र एलेक्स रडले सन् २०१७ मा भएको मेट गालामा कपलको रुपमा डेब्यू गरेका थिए । यी दुईले दुई वर्ष डेटिङ गरेपछि सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए ।

इन्गेजमेन्टपछि हालसम्म उनीहरुको कुनै कारणवश तीनपटक विवाह स्थगित भइसकेको थियो ।

पाँच वर्ष अघि भयो भेट, त्यसपछि इन्गेजमेन्टः विवाहको तयारी बीच सेलिब्रिटी जोडीले तोडे सम्बन्ध

असार २५ मा फिल्म ‘दुष्प्रयास’

पाँच वर्ष अघि भयो भेट, त्यसपछि इन्गेजमेन्टः विवाहको तयारी बीच सेलिब्रिटी जोडीले तोडे सम्बन्ध

करिनादेखि आमिरसम्मः यी सेलिब्रिटीले शाही परिवारमा गरे

Leave a comment

Your email address will not be published. Required fields are marked *