बनगाडमा आईसुलेसनको उपचारमा खटेका डाक्टरले तलव पाएनन्

दुर्गा विसि

सल्यान । महामारी नियन्त्रणमा खटेका डाक्टर आरके मण्डललाई नगरपालिकाले तलव नदिए पछि सामाजिक सञ्जालबाटै आक्रोश व्यक्त गरेका छन् । बनगाड कुपिण्डे नगरपालिकामा कोरोना पोजेटिभ नागरिकको लागि डाक्टर आरके मण्डल २४ शै घण्टा डिउटिमा खटेर कोभिड विरामिको उपचारमा संलगन रहेका थिए ।
जसले विरामिका लागि बटैइको अण्डा समेत दिनुहुँ विरामिलाई खुवाउने काम समेत गरे तर तिनैले तलव नपाए पछि सामाजिक सञ्जाल मार्फत आफ्नो दुखेसो व्यक्त गरेका छन् । आईसुलेसनका विरामि उपचार गरि घर फर्काउने कार्यमा डाक्टर मण्डलको उच्च भुमिका रहेको छ ।उनकै कारण यश नगरमा धेरैको ज्यान कोभिडबाट बच्न सफल भएको देखिन्छ ।
आइसुलेसनमा खटेर दिनरात खटेका डक्टरले तलव नपाए पछि अहिले उनी सबै पक्षसँग न्यायको लागि गुहारि रहेका छन् । तर आज उनैइ डाक्टर आफ्नो दुखको ज्याला नपाएर तडपिएको वताउने गरेका छन् ।काममा खटाए पछि नियुक्ति समयमै पाउनुपर्ने हो तर नगरको स्वास्थ्य शाखाले उनलाई नियुक्ति समेत दिएन । उल्टै विरामि रिफर गरेको कागजातमा शाखा प्रमुख वासुदेव पोख्रेलले हस्ताक्षर गरि विरामि घर पठाउने काम गरेको डक्टर मण्डलको भनाइ रहेको छ ।
विरामि उपचार गरि निको वनाइ घर पठाउने आइसुलेसनमा खटेका डक्टर तर रिफर लेटर चाहिँ शाखा प्रमुखको हस्ताक्षर रहेको समेत पाइयो । नियुक्ति र तलवको नगर प्रमुख गोविन्द कुमार पुन,प्रमुख प्रशासकिय अधिकृत मनोज रेग्मी र स्वास्थ्य शाखा,आर्थिक प्रशासन शाखामा धेरै धाए तर कुनैले वास्ता नदेखाएको डक्टरको दुखेसो रहेको छ ।
जीवन मरणको उक्त समयमै ज्यानको प्रभाहा नगरि आइसुलेसनमा खटेका डाक्टर मण्डललाई नगर स्वास्थ्य शाखाले आवश्यक कागजात र नियुक्ति नदिइ तलव समेत दिन नमानेपछि उनले सामाजिक सञ्जालबाटै नगरपालिकाको यस्तो हर्क प्रती निकै चित दुखाएका छन् ।कोभिड फैलन बित्तिकै डाक्टर सहितको आइसुलेसन स्थापना गरिएको थियोे र सोहि आइसुलेसनमा दिनरात खटिएका डाक्टर माथि नै नगरपालिकाले अपहेलित गरेको मण्डलको भनाइ रहेको छ ।
१५ शैयाको अस्पतालको रकम फिर्ता पठाएको नगरले एमबीबीएस,फिजिसियन डाक्टर समेत काम लगाए ज्याला नदिइ लखेटेको छ ।डाक्टर मण्डलका अनुसार कागजात बन्दै छ,तपाईं काममा खट्नुहोस अरु चिन्ता नलिनुहोस प्रक्रिया हामी अघि वढाउछौं भनेर काममा लगाइयो तर अहिले न नियुक्ति न तवल वनाइयो र अपमानित भएर जानुपर्ने भैयो । यस्तो स्वास्थ्य शाखाबाट यहाँका नागरिक के स्वास्थ्य सुविधा पाउछन्।यस्तो शाखाले नागरिकको स्वास्थ्यमा कसरी काम गर्ला ।जनताको सेवामा जुटेका, अझै महामारी परास्त गर्न अहोरात्र खटिएका एमबीबीएस, फिजिसियसन डाक्टर मण्डललाई नगरले करिव दुई महिना काममा लगायो ।
अन्तिम न तलव दियो,नत नियुक्ति ।नियुक्ति दिने कुरामा नगर स्वास्थ्य शाखाको वेमानि,वदमासि,जालझेल पुर्न्न कार्याको लागि डक्टर मण्डल उच्च अदालत सुर्खेतमा मुद्दाको तयारीमा जुटेको बताए । सबैसँग नियुक्ति प्रक्रिया र तलवका लागि भनियो,भिखारि सरहको व्यवहार भयो अब पुनस् तलव र नियुक्ति पत्रका लागि खुट्टा नढोग्ने र न्यायका लागि मुद्दा हाल्ने योजनामा रहेको डक्टर मण्डलको भनाइ रहेको छ ।
नगरले भने यश विषयमा सबै जिम्मेवारी शाखाको भएकोले शाखाले कागजि प्रक्रियामा अघि वढाइ तवव खुवाउनु पर्ने जनाएको छ । नगर प्रमुख पुनले समेत यो कार्यमा कर्मचारीकै दोष रहेको जसले गर्दा समस्या थपिएको भनाइ रहेको डक्टर मण्डलको दुखेसो रहेको छ ।






