‘शहजादा’ मा रोमान्टिक जोडी कार्तिक र कृति

एजेन्सी । अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेनन एकपटक फेरि रोमान्टिक जोडीको रुपमा पर्दामा देखिने भएका छन् । यी दुबै फिल्म ‘शहजादा’ मा जोडीका रुपमा देखिन लागेका हुन् । यस अगाडि दुबै २०१९ मा फिल्म ‘लुका छुपी’ मा देखिएका थिए ।
‘शहजादा’ अल्लु अर्जुन र पूजा हेगडे स्टारर हिट फिल्म ‘अला बैकुन्ठपुरमलो’ को हिन्दी रिमेकको रुपमा बन्न लागेको हो । जसको नाम निर्माण युनिटले ‘शहजादा’ राखेका छन् । यो नामबाट बलिउडमा १९७२ मा फिल्म बनेको थियो । जसमा राजेख खन्ना र राखी गुलजारको मुख्य भूमिका रहेको थियो ।
‘ढिशुम’ फिल्मपछि अभिनेता बरुण धवनका भाई रोहित धवनले ‘शहजादा’ निर्देशन गर्न लागेका हुन् । फिल्मसँग जोडिएको एक सदस्यले फिल्मको रीमेक राइट ९ करोडमा लिएको बताएका छन् । ओरजिनल फिल्मका अभिनेता अल्लु अर्जुनको पनि यसमा केमियो रहेको बताइन्छ ।






