वसुन्धरा भुसालले गरिन् कल्याणकारी कोषलाई सहयोग

काठमाडौं । अभिनेत्री वसुन्धरा भुसालले चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषका लागि रकम सहयोग प्रदान गरेकी छन् ।

उनले कोषका लागि एक लाख २८ हजार नगद रकम सहयोग दिएकी छन् । केही समय अगाडि अमेरिका भ्रमणको बेला अमेरिकाबाट संचालित टक शो ‘सापटी’मा सहभागी भए बापत उक्त रकम उनले प्राप्त गरेकी थिइन् ।

रकम अहिले हात परेकोले हात पर्ने वित्तिकै कोषका लागि सहयोग गरेकी हुन् । कोषका लागि उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बुझे ।

रकम प्राप्त र सहयोगको बिषयमा भुसालले सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् । पारिवारिक भेटघाट र घुमघामको लागि करिब ६ महिना अघि अमेरिका पुगेकी भुसालले सो क्रममा संकलित ४ लाख बढि रकम भने केही अगाडि कोषका लागि दिएकी थिइन् ।

उक्त समय चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई दिएकी थिइन् । विगत ५ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा क्रियासिल भुसाल कोषको स्थापनाकालदेखि हालको पनि संयोजक हुन् ।

कोषमा अहिले ४ करोड बढि रकम जम्मा छ । कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपत कालिन अवस्थामा सहयोग गर्ने, मृत्यु परान्त काजक्रिया सहयोग गर्ने लगायतका कार्य गर्दै आएको छ ।

वसुन्धरा भुसालले गरिन् कल्याणकारी कोषलाई सहयोग

अमिताभ बच्चनमा सत्ताले पैदा गरेको थियो दम्भ,

वसुन्धरा भुसालले गरिन् कल्याणकारी कोषलाई सहयोग

बनगाडमा आईसुलेसनको उपचारमा खटेका डाक्टरले तलव पाएनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *