अमिताभ बच्चनमा सत्ताले पैदा गरेको थियो दम्भ, साथीलाई गरेका थिए ग्रुपबाट आउट

एजेन्सी । कादर खान हिन्दी सिनेमा एक हाँस्य कलाकार र खलनायकका रुपमा प्रसिद्ध थिए । उनी यसबाहेक फिल्मका डायलग पनि लेख्थे ।
धेरैलाई थाहा नहुन सक्छ, अमिताभ बच्चनका धेरै फिल्मका डायलग उनले लेखेका थिए । एक ढंगले भन्दा अमिताभलाई आजको स्थानमा पु¥याउन कादरको पनि ठूलो भूमिका छ ।
अमर अकबर एन्थोनी, शराखी, लावारिस, अग्निपथ आदी फिल्मका स्क्रिट कादरले नै लेखेका थिए । अमिताभ र कादरबीच राम्रो मित्रता थियो । तर, बिस्तारै बिग्रँदै गयो ।
अहिले एकपटक फेरि कादर खानको पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा कादरले आफ्नो बलिउडको संघर्षबारे बोलेका छन् ।
अमिताभ सांसद् बनेपछि कसरी उनीसँग सम्बन्ध बिग्रियो भन्नेबारे पनि उनले बोलेका छन् । अमिताभसँगको सम्बन्ध बिग्रिएपछि धेरै फिल्मबाट आफु बाहिरिनु पर्दाको पीडा पनि पोखेका छन् ।
राजनीतिमा लागेपछि अमिताभ बिग्रिएको कादरको भनाइ छ । अमिताभमा सत्ताको दम्भ यति धेरै थियो कि उनले कादरलाई गाली दिन समेत पछि परेनन् ।






