आईपीएल खेलेका खेलाडीले पहिलो टेस्ट गुमाउन सक्ने

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट खेलेर घर फर्किएका इंग्ल्यान्डका खेलाडीले न्युजिल्याण्डविरुद्धको पहिलो टेस्ट गुमाउन सक्ने भएका छन् ।

इंग्ल्यान्ड र न्युजिल्याण्डबीचको पहिलो टेस्ट जुन २ बाट सुरु हुनेछ । भारतबाट घर फर्किएका खेलाडीको क्वारेन्टिन अवधि यसै हप्ता सकिदैछ । तर, कोरोना भाईरसको महामारीबाट जोगिन इंग्ल्यान्ड सरकारले बनाएको कडा नियमको कारण उनीहरुले पहिलो टेस्ट गुमाउने भएका हुन् ।

क्वारेन्टिन अवधि सकिएपनि उनीहरुलाई तत्काल टिममा सामेल नगराईने भएको छ । कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका ११ खेलाडी घर फर्किएका थिए ।

आईपीएलमा इंग्ल्यान्डका ११ खेलाडीले विभिन्न टिमबाट खेलिरहेका थिए । जोनी बेयर्सटो, जोस बट्लर, साम कुरान, टम कुरान, साम बिलिंग्स, क्रिस वोक्स, मोइन अलि, इयान मोर्गन, डाविड मालन र क्रिस जोर्डन र जासन रोयले आईपीएल खेलेका थिए ।

आईपीएल खेलेका खेलाडीले पहिलो टेस्ट गुमाउन सक्ने

रोनाल्डो पोर्चुगल फर्कदैनन् – मेन्डिस

आईपीएल खेलेका खेलाडीले पहिलो टेस्ट गुमाउन सक्ने

एनएसएल फाइनल नविन्द्रले खेलाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *