रोनाल्डो पोर्चुगल फर्कदैनन् – मेन्डिस

एजेन्सी । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले रोनाल्डो पोर्चुगिज क्लब फर्कने सम्भावना तत्काल नरहेको बताएका छन् ।

रोनाल्डो पोर्चुगिज क्लब स्पोर्टिङ सीपी फर्कने हल्ला चलिरहेको बेला एजेन्ट मेन्डिसले उनी पोर्चुगल फर्कने कुरालाई नकारेका छन् । ‘स्पोर्टिङले उपाधि जितेकोमा रोनाल्डोलाई गर्व छ । तर, रोनाल्डोको करियरको योजना अनुसार उनी पोर्चुगल जादैन,’ मेन्डिसले भनेका छन् ।

हालै रोनाल्डोको आमा डोलेरेज एभेइरोले अर्को सिजन उनी पोर्चुगिज क्लब स्पोर्टिङ सीपी फर्कने बताएकी थिइन् । पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डो अहिले इटालियन क्लब युभेन्ट्सबाट खेलिरहेका छन् । रोनाल्डोले १२ वर्षको उमेरमा स्पोर्टिङबाट फुटबल करियर सुरु गरेका थिए ।

स्पोर्टिङबाट फुटबल करियर सुरु गरेका रोनाल्डोलाई सन् २००३ मा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्धन गरेको थियो ।  पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोको सम्मानमा क्लबले रंगशालाको नाम परिवर्तन गर्दै रोनाल्डोको नाममा समेत नामाकरण गरेको छ ।

रोनाल्डो पोर्चुगल फर्कदैनन् – मेन्डिस

इजरायलविरुद्ध मुस्लिम देशहरू एकजुट होऔँ : महाथिर

रोनाल्डो पोर्चुगल फर्कदैनन् – मेन्डिस

आईपीएल खेलेका खेलाडीले पहिलो टेस्ट गुमाउन सक्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *