एनएसएल फाइनल नविन्द्रले खेलाउने
काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को फाइनल खेल फिफा रेफ्री नविन्द्र महर्जनले खेलाउने भएका छन् ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलको पहिलो संस्करणको फाइनल खेल आज हुँदैछ । ३५ लाख पुरस्कार राशि रहेको प्रतियोगिताको उपाधिका लागि काठमाडौं रेजर्स र धनगढी एफसी भिड्न भिड्दै छन् ।
प्रतियोगितालाई प्राविधिक सहयोग गरिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनल खेलमा अनुभवी फिफा रेफ्री नविन्द्रलाई मुख्य निर्णायकको भूमिका दिएको हो ।
नविन्द्रलाई अन्य तीन फिफा रेफ्रीले सहयोग गर्नेछन् । पहिलो सहायकमा फिफा रेफ्री नानीराम थापा, दोस्रो सहायकमा फिफा रेफ्री युनाल मल्ल रहने छन् ।
यस्तै फोर्थ रेफ्रीमा प्रकाश नाथ श्रेष्ठ रहनेछन् । यस अघि प्रतियोगिताको उद्घाटन खेल पनि फिफा रेफ्री नविन्द्र महर्जनले खेलाएका थिए ।
यस प्रतियोगितामा ४ फिफा रेफ्री, ७ रेफ्री र ९ सहायक रेफ्रीको अबाद्दत़ा रहेको छ ।