सर्वोच्च अदालतमा आज १० इजलासमा १३९ मुद्दाको पेशी तोकियो

काठमाडौं : सर्वोच्च अदालतमा आज १० वटा इजलास तोकिएको छ। विभिन्न मुद्दा १० इजलासमा १ सय ३९ वटाको पेशी तोकिएको हो। आजको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने छैनन्।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने गरी आज पनि सर्वोच्चको मुल ढोकामा धर्ना दिइरहेको छ।

बारले बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ। सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने घोषणा गरे पनि आज पनि विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ।

सर्वोच्च अदालतमा आज १० इजलासमा १३९ मुद्दाको पेशी तोकियो

देशभर २ सय ९५ जना कोरोना संक्रमित

सर्वोच्च अदालतमा आज १० इजलासमा १३९ मुद्दाको पेशी तोकियो

टी–२० विश्व कप स् उपाधिका लागि आज

Leave a comment

Your email address will not be published. Required fields are marked *