बिल्डिङ सील भएकोबारे सुनिल शेट्टीले दिए यस्तो प्रतिक्रिया
एजेन्सी । हालै सुनील शेट्टी र उनको परिवार बसिरहेको भवनलाई मुम्बइको महानगरपालिकाले सील गरेको भन्ने खबरमा अभिनेताले प्रतिक्रिया दिएका छन् ।
उक्त भवनमा डेल्टा भेरियन्ट भेटिएको भन्ने खबरलाई सुनिल शेट्टीले गलत बताएका छन् । सुनिलले यसबारे एक ट्वीट गर्दै उनी बसेको भवनमा कुनै डेल्टा भेरियन्ट नभेटिएको बताए ।
सुनिल शेट्टीले आफ्नो ट्वीटमा लेखेका छन्, ‘वाह, भन्नै पर्छ कि गलत समाचार कुनै पनि भाइरसभन्दा बढी तीब्र गतिमा फैलन्छ । कृपया, अफवाह नफैलाउनुहोस् ।
मेरो बिल्डिङ सोसाइटीमा कुनै डेल्टा भेरियन्ट छैन । एउटा मात्रै कोभिड प्लस केस भेटिएको छ र बिरामी ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका छन् । अन्यको रिपोर्ट नेगेटिभ छ र सेल्फ आइसोलेशनमा छन् । ’





