आजदेखि रजनीको ‘डन्ट माइन्ड’

काठमाडौं  । निषेधाज्ञाका कारण रोकिएका हाँस्यश्रृंखलाहरु धमाधम सुरु हुन थालेका छन् ।

‘सक्किगो नी’, ‘जुठे’लगायतका केही श्रृंखला केही साता अगाडिबाट सुरु भइसकेका छन् भने केही सुरु हुने क्रममा रहेका छन् ।

यस्तैमा फिल्म अभिनेत्री रजनी केसीको समेत मुख्य भूमिका रहँदै आएको श्रृंखला ‘डन्ट माइन्ड’ पनि सुरु हुने भएको छ । ‘डन्ट माइन्ड’ आज बुधबारबाट फेरि नियमित प्रसारणमा फर्किन लागेको अभिनेत्री रजनी केसीले बताएकी छन् ।

उनले सामाजिक संजालमा श्रृंखलाको जानकारी दिँदै लेखेकी छन् ‘डन्ट माइन्ड’ निषेधाज्ञाकाले रोकिएको श्रृंखला ‘डन्ट माइन्ड’ आज बुधबारदेखि फेरि सुरु हुन लागेको छ ।’

निर्मल शर्मा ‘गैँडा’ र कमल मैनालीको संयुक्त निर्देशन रहेको श्रृंखला पहिले बुधबार साँझ ८ बजे हिमालयन टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो ।

रवि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिलिल्सिना, विश्वमणी घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतलगाय कलाकारको मुख्य अभिनय रहने श्रृंखला म्युजिक नेपालको प्रस्तुति निर्माण भएको हो । श्रृंखलामा ख्याति प्राप्त कलाकार समेत अतिथिको रुपमा देखिँदै आएका छन् ।

बिभिन्न राजनीतिक घटना र समसामयिक विषयवस्तुमा निर्माण हुने श्रृंखलाले व्यङ्ग्यात्मक विषयवस्तु प्रस्तुत गर्दै आएको छ ।

आजदेखि रजनीको ‘डन्ट माइन्ड’

राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’, वास्तविकता खुलेन

आजदेखि रजनीको ‘डन्ट माइन्ड’

बिल्डिङ सील भएकोबारे सुनिल शेट्टीले दिए यस्तो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!