राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’, वास्तविकता खुलेन

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएर हिजो नयाँ मन्त्रीपरिषद गठन भयो । हिजो नै मन्त्रीपरिषदको बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्यो । उक्त बैठकको राष्ट्रिय समाचार समितिद्वारा सञ्चारमाध्यममा प्रेषित गरिएको तस्वीरले धेरैको ध्यानाकर्षण गरेको छ ।

बैठक कक्षको भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर छ, जसको ठिक सामुन्ने प्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन् । राष्ट्रपति भण्डारीको तस्वीर नियालेर हेर्दा उनको आँखा सेतो कागज वा टेपले छोपिएको जस्तो देखिएको छ ।

कतिपयले यसलाई फोटोसप गरिएको भनेका छन् त कतिले राष्ट्रपतिसँगको रिसइबीका कारण सरकारले नै यस्तो हर्कत गरेको आशंका गरेका छन् । यस विषयमा हामीले राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राईसँग प्रश्न गर्दा उनले फोटोमा कुनै छेडखानी नगरिएको बताए ।

‘जस्तो फोटो खिचिएको थियो, हामीले त्यस्तै प्रेषित गरेका हौं, फोटोसप गरिएको छैन,’ उनले भने, ‘राष्ट्रपतिको तस्वीरमा देखिएको सेतो भागको वास्तविकता के हो भन्ने हामी बुझ्दैछौं ।’ सो तस्वीर खिच्ने राससका फोटोपत्रकार रोसन सापकोटाले चाहिँ क्यामराको लाइट राष्ट्रपतिको तस्वीरमा परेकाले सेतो भाग देखिएको दाबी गरेका छन् ।

उनले भने, ‘नेपाल टेलिभिजनको लाइट प्रधानमन्त्रीको आँखामा सोझै परेपछि सिलिङतिर फर्काइएको थियो । त्यही लाइटका कारण राष्ट्रपतिको फोटोमा त्यस्तो देखिएको हो ।’ मन्त्रिपरिषद् कार्यालयका एक सचिवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

हिजो राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियूक्त गर्दा संविधानको धारा उल्लेख नगरेको भनेर पहिलो विवाद सिर्जना भएको थियो । त्यसलगत्तै यस्तो तस्वीर बाहिर आएपछि विभिन्नथरि आशंका व्यक्त भएको हो ।

राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’, वास्तविकता खुलेन

एमाले मिलाउन खोज्ने भीम रावललाई फोनमा धम्की

राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’, वास्तविकता खुलेन

आजदेखि रजनीको ‘डन्ट माइन्ड’

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!