‘तिम्रै लागि’मा विकास र उषाको प्रेम
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘तिम्रै लागि’को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
इन्दिरा जोशीको स्वर रहेको गीतमा हरि लम्सालको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।
भिडियोमा विकास लामिछाने, उषा उप्रेती, धर्मेन्द्र आचार्य, रियांशी थापा, गोविन्द काफ्ले, डा. अनिल कुमार भट्ट र डा. उमा क्यालको अभिनय छ ।
रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई शिव ढकालले छायांकन र नकुल खड्काले सम्पादन गरेका हुन् ।
भिडियोमा परिवारकी युवतीले आप्mनो प्रेमीका लागि घर छाडेपछि उत्पन्न हुने जीवन र त्यसमा आउने उतारचढाव देखाइएको छ ।





