एमाले समानान्तरको भेरीगंगामा भेला

सुर्खेत, ३१ जेष्ठ ।
नेकपा एमाले समानान्तर जिल्ला कमिटी सुर्खेतको आयोजनामा भेरीगंगा नगरपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै एमाले समानान्तर जिल्ला कमिटी सुर्खेतका सचिव शिव प्रसाद रिजाल (उपाध्याय) ले पार्टी नेतृत्व अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गते पछाडी फर्किन तयार नहुनुनै दुर्भाव्यपूर्ण भएको बताउनुभयो ।

एमाले अध्यक्ष केपि शर्मा ओली आफ्नो सत्ता स्वार्थ केन्द्रीय भएर नेकपा विभाजनमा पु¥याएको बताउँदै उहाँले नेतृत्वको दम्भ, ढिपी, मुडबेलबाट पटक पटक संसद विघठनको असंवैधानिक कदम भएकाले यो व्यवस्था जोगाउन आम नागरिक, देशका सबै परिवर्तनकारी शक्तिहरु प्रधानमन्त्री ओलीको प्रतिगमन विरुद्धमा गोलबन्द भएर सशक्त प्रतिकार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

 ‘हिजो प्रधानमन्त्रीको कदम असंवैधानिक भन्नेहरु दोस्रो पटकको संसद विघठन चाही संवैधानिक भन्दै हिडनुभएको छ’ सचिव उपाध्यायले भन्नुभयो ‘सत्यको जीत अवस्य हुनेछ । कर्णाली प्रदेश सभाबाट एमालेको नाममा चार जना सांसदहरुलाई गरिएको कारवाही अदालतले अवैधानिक बनाइदियो । हो हामी सत्यको बाटोमा छौं । यसरीनै सत्यको जीत हुन्छ ।’ माथिको नेतृत्वले सुझबुझ पूर्ण निर्णय लिएर बढेमा तल्ला पार्टी कमिटी, नेता, कार्यकर्ता स्वीकार गर्न तयार रहेको बताउनुभयो ।

एमाले समानान्तर जिल्ला कमिटीका सचिव शिव प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता तथा नेकपा एमाले भेरीगंगा नगर कमिटीका अध्यक्ष लालमणी पौडेलको सभापतित्वमा भेला सम्पन्न भएको हो । भेलामा भेरीगंगा नगरपालिकाबाट एमाले प्रदेश कमिटी, जिल्ला कमिटी, नगर कमिटी र वडा कमिटीमा आवद्ध गर्ने जिम्मेवार अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । भेलामा एमाले प्रदेश कमिटी सदस्य धना जिसी, गाेकर्ण गुरुड, जेवि सुनार, प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य दीपक बुढा, एमाले जिल्ला कमिटी सदस्य नविन विसी, तेज बहादुर खड्का, नर बहादुर घर्ती, नर बहादुर विसी, पिटर चुनारा लगायतले बाेल्नुभएकाे थियाे ।

एमाले समानान्तरको भेरीगंगामा भेला

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न

एमाले समानान्तरको भेरीगंगामा भेला

पत्रकार आचारसंहिता कार्यान्वयनमा सामुहिक प्रतिवद्धता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!