गोवामा आर्मीले आज बैंगलुरुसँग एएफसी छनोट खेल खेल्दै

काठमाडौं ‍। त्रिभुवन आर्मी क्लबले आज एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो खेलमा इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्दै छ ।

सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ । यी दुई टोलीको खेल राति पौने आठ बजे गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ ।

उक्त खेलको विजेताले तेस्रो चरणको खेल बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग खेल्नेछ। आर्मीले दशरथ रंगशालमा अप्रिल ७ मा भएको पहिलो चरणको खेलमा श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५–१ ले पराजित गरेको थियो ।

गत सिजन शहीद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मी एएफसी क्लब लाइसेन्स लिने पहिलो क्लब बनेपछि एएफसी कपको छनोट खेल्ने अवसर पाएको हो ।

गोवामा आर्मीले आज बैंगलुरुसँग एएफसी छनोट खेल खेल्दै

‘माई सेकेन्ड टिचर’ राष्ट्रिय क्रिकेट टोलीको जर्सीको

गोवामा आर्मीले आज बैंगलुरुसँग एएफसी छनोट खेल खेल्दै

त्रिकोणात्मक सिरिज विश्वका १ सय ४१ देशमा

Leave a comment

Your email address will not be published. Required fields are marked *