त्रिकोणात्मक सिरिज विश्वका १ सय ४१ देशमा प्रत्यक्ष प्रशारण हुने

शनिबारदेखि सुरु हुने त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिता विश्वका एक सय ४१ देशमा प्रत्यक्ष प्रशारण हुने भएको छ ।

नेपाल मलेसिया र नेदरल्याण्ड्स सम्मिलित सिरिजलाई विभिन्न देशमा प्रत्यक्ष प्रशारणको अधिकार बिक्री गरिएको छ । जसमा सबै महादेशमा यो सिरिजको प्रत्यक्ष प्रशारण गरिने भएको छ ।

कोभिडका कारण आइसिसी विश्वकप क्रिकेट लिग टु स्थगित भएपछि क्यानले नेपाल, मलेसिया र नेदरल्याण्ड्ससम्मिलित टी-२० सिरिजको आयोजना गर्न लागेको हो। प्रतियोगिताका लागि मलेसिया र नेदरल्याण्ड्सको टोली काठमाडौं आएर पिसिआर परीक्षण गरेका छन्। उनीहरूको रिपोर्ट आज आउनेछ ।

प्रतियोगिताको व्यवस्थापनका जिम्मा एक निजी कम्पनीले गर्दैछ। उसैले खेलाडीको व्‍यवस्थापनका साथै प्रतियोगिताको व्यवस्थापन गर्नेछ। यस्तै खेलाडीलाई जनही दिनको पाँच हजार रुपैयाँ भत्ता दिने सहमती भएको छ ।

हिमालय टेलिभजनले प्रत्यक्ष प्रशारणको अनुमति पाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ।

 

 

त्रिकोणात्मक सिरिज विश्वका १ सय ४१ देशमा प्रत्यक्ष प्रशारण हुने

गोवामा आर्मीले आज बैंगलुरुसँग एएफसी छनोट खेल

त्रिकोणात्मक सिरिज विश्वका १ सय ४१ देशमा प्रत्यक्ष प्रशारण हुने

बन्द प्रशिक्षणमा ३२ खेलाडी छानिए (नामावलीसहित)

Leave a comment

Your email address will not be published. Required fields are marked *