चीनमा ग्यास विस्फोटबाट १२ जनाको मृत्यु

एजेन्सी । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । खोज तथा उद्धार अधिकारीहरूले दिउँसो १२ बजेसम्ममा विस्फोटस्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् ।

शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६.३० बजे उक्त विस्फोट भएको थियो। विस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् ।

चीनमा ग्यास विस्फोटबाट १२ जनाको मृत्यु

हालसम्मकै उच्च विन्दुमा नेप्से, २० अर्ब बराबरको

Leave a comment

Your email address will not be published. Required fields are marked *