भारतले दियो रुसी खोप स्पुतनिक भीलाई अनुमति

एजेन्सी । भारतले कोभिड–१९ विरुद्धको रुसी खोप ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।

भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डिज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जी.भी. प्रसादले जारी गरेका विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेकामा निकै खुशी लागेको उल्लेख छ ।

भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ । भारतमा हाल दैनिक कोभिड संक्रमितको संख्या एक लाखभन्दा बढी छ।

रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ) को आर्थिक सहयोगमा विकास गरिएको स्पुतनिक भी लाई भारतमा उत्पादन अनुमति दिइएको छ। भारतमा यो खोप ८५ करोड २० लाख डोज उत्पादन हुनेछ ।

आरडिआइएफका प्रमुख कार्यकारी किरिल डिभिट्रिभले पनि एक विज्ञप्ति प्रकाशन गरी स्पुतनिक खोपलाई भारतमा अनुमति प्राप्त हुनु ज्यादै खुशीको कुरा भएको बताएका छन् ।

भारतमा हालसम्म करिब एक करोड ८ लाख मानिसलाई खोप दिइसकिएको छ। भारत विश्वकै ठूलो खोप उत्पादक राष्ट्र हो । जुलाईको अन्त्यसम्ममा करिब ३० करोड मानिसलाई खोप दिइसक्ने भारतको महत्वाकांक्षी योजना छ ।

तर खोपको कमीले भारतका केही राज्यमा समस्या उत्पन्न भएको छ । भारतले हाल खोप निर्यातमा ढिलाई गरेर आफ्नै देशमा खोप वितरणलाई तीव्रता दिएको छ ।

भारतले दियो रुसी खोप स्पुतनिक भीलाई अनुमति

फ्रान्सको अस्पतालमा बन्धुकधारीको आक्रमण, एकजनाको हत्या

भारतले दियो रुसी खोप स्पुतनिक भीलाई अनुमति

ताइवानको आकाशमा चीनका लडाकु विमान र परमाणु

Leave a comment

Your email address will not be published. Required fields are marked *