फ्रान्सको अस्पतालमा बन्धुकधारीको आक्रमण, एकजनाको हत्या

एजेन्सी । आक्रमणकारीले फ्रान्सको पेरिसस्थित पेरिस अस्पतालमा अन्धधुन्ध गोली प्रहार गरेका छन। उनले गोली प्रहार गरी एकजना महिलाको हत्या गर्नुका साथै अर्की महिलालाई सख्त घाईते बनाएका थिए ।
रेडक्रसद्वारा संचालित हेनरी दुनान्ट निजी जेरियट्रिक अस्पतालमा आक्रमणकारीले थुप्रै गोली प्रहार गरेका थिए। गोली लागेका ती दुई जनालाई उपचारका लागि अस्पताल लगिएकोमा एकजनाको मृत्यु भएको थियो ।

घाइते भएकि महिला अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्छिन्। उनि कोविड १९ खोप केन्द्रमा कार्यरत रहेकि छिन । आक्रमणकारीको मनसायको बारेमा कुनै कुरा तत्काल थाहा हुन सकेको छैन । सो अस्पताल आईफिल टावरको चार किलोमिटर दक्षिणमा र सीन नदीको नजिकमा पर्दछ। पारस देस प्रिन्सेस फुटबल स्टेडियम पनि त्यहीं नजिकै अवस्थित छ ।






