१२ को परीक्षा दिनुअघि सिआइसिटी फारम भर्नुपर्ने

काठमाडौं : कक्षा-१२ को परीक्षा दिनुअगावै सबै परीक्षार्थीले केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ (सिआइसिटी) फारम भर्नुपर्ने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सोही भरेको फारम सम्बन्धित जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) मा बुझाउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको जनाएको छ।

बोर्डले सबै क्षेत्रको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयलाई उक्त फारम सम्बन्धित विद्यालयलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

बोर्डको परीक्षा उप-नियन्त्रक कृष्ण प्रसाद घिमिरेका अनुसार फारम बोर्डको वेबसाइटबाट डाउनलोड गर्न पनि सकिने व्यवस्था गरिएको छ।

फाराममा परीक्षार्थीले आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्ने छ। कोरोनाले रोकिएको कक्षा-१२ वार्षिक परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुँदै छ।

१२ को परीक्षा दिनुअघि सिआइसिटी फारम भर्नुपर्ने

आजदेखि देशैभर भेरोसेलको दोस्रो मात्रा लगाइँदै

१२ को परीक्षा दिनुअघि सिआइसिटी फारम भर्नुपर्ने

यौन क्रियाकलापको अखडा बनेपछि स्थानीयले लगाए सटरमा

Leave a comment

Your email address will not be published. Required fields are marked *