नेकपा ओली समूहको वडा कमिटी विस्तार

दुर्गा विसी
सल्लीबजार, २४ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा नेकपा वलि समुहको भेलासँगै वडा कमिटी विस्तार गरिएको छ । २ नं वडाबाट सुरु भएको वडा कमिटी विस्तार सँगै भेला तथा प्रशिक्षण वडा ११ सम्म पुगेको छ । वडा कमिटी विस्तार, पुर्णगठन र युवा संघ गठनलाई समेत व्यापक पारिएको नगर सचिव गञ्जमान वुढाले जानकारी दिनु भएको छ ।

वडा ११ मा भएको वडा कमिटी भेलामा कार्यक्रमका प्रमुख अतिथि नेकपा जिल्ला अध्यक्ष साथै वलि समुहबाट मनोनित केन्द्रीय सदस्य गोविन्द कुमार पुनले सबै वडामा आफ्नो टिमको ब्रचश्व बढेको जनाउनुभयो । पूर्व एमाले पंक्तिसँगै पुर्व माओवादीहरु समेत आफ्नो टिमलाई साथ र सहयोग गरिरहेको दावि गर्नु भएको छ । हामी धेरै वडाहरुमा यो नगरमा प्रचण्ड नेपाल समूह भन्दा धेरै संख्याले वढि छौं र अझै हाम्रो संख्या वढ्ने भनाइ रहेको छ ।

संस्थापन यहि टिम भएकोले विचलित नभएर लाग्न अगुवा कार्यकर्तालाई नेता पुनको भनाइ रहेको थियोे ।आँपचौरका पुराना पाका र पुर्व एमाले वृत्तका खम्बा मानिएका नेता लोगवहादुर वुढा पनि सोहि टिममा लागेको र वुढाकै अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । सोही कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन, प्रदेश परिषद सल्लाहकार समिति सदस्य प्रतिमल वुढा, दिपवहादुर खड्का, नगर कमिटी सदस्य सुवास शाह, विनायक केसी, नारद घर्ती, टोपवहादुर विसी, अनेरास्ववियुका केन्द्रीय सदस्य राजेश ओली, युवा संघ जिल्ला कमिटी सदस्य पदम विष्ट लगायतका वक्ताले धारणा राखेको जनाएको छ ।

नेकपा वडा ११ को वडा कमिटी अध्यक्षतामा प्रेम पुन र सचिव हर्क पुन सहित २५ सदस्यीय कमिटी विस्तार गरिएको छ । लोगवहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जोतिलाल वुढामगरले गरेको बताएको छ । नेकपा ओली समुहले यहि २४ गते सल्लीबजारमा वृहत् आम सभाको आयोजना गरेको छ ।

नेकपा ओली समूहको वडा कमिटी विस्तार

कालीकोटमा हिउँ पर्दा कृषक उत्साहित

नेकपा ओली समूहको वडा कमिटी विस्तार

फोहोर व्यवस्थापनमा बर्सेनी लाखौं खर्च, उपलब्धी शुन्य

Leave a comment

Your email address will not be published. Required fields are marked *