कालीकोटमा हिउँ पर्दा कृषक उत्साहित

तुलराज पाण्डे
कालीकोट, २३ माघ ।
लामो समय पछि परेको हिमपातका कारण कालिकोटका कृषकहरु उत्साहित भएका छन् । हिँउले ढपक्क हुनुपर्ने हिँउदकै समयमा बर्षात र हिमपात नभएर खेतबारीमा लगाएको अन्न बाली सुख्न थालेपछि बर्षभरी कसरी गुजारा गर्ने भनेर कृषकहरु चिन्तित भएका थिए ।

अग्ला गाउँ बस्तीमा हिमपात र अलि होचा गाउँ बस्तीमा बर्षात भएपछि जिल्ला भरीका कृषकहरु खुसी हुनुका साथै अन्नबालीका लागि सुबिकाल सुरु भएको बताए । जिल्ला भरीनै शुक्रबार विहान देखि सुरु भएको बर्षातसँगै भएको हिमपातका कारण आलु,गहुँ,जौं,लगाएतका अन्नबालिहरुको सप्रिनुका साथै उत्पादनमा समेत बृद्धि हुने आशा गरिएको खाँडाचक्र नगरपालिका ३ ताडिका स्थानिय कृषक सर्पराज पाण्डेले बताए ।

‘हिँउदमै परेको खडेरीलेगर्दा खेतमा लागाईएको गँहु, जौं, आलु, तरकारी सुक्न थालेकाले बर्षभरी कसरी जिविकोपार्जन गर्ने भनेर चिन्तामा थियो, भोकमरी पर्ने होकि भन्ने डर उत्तिकै थियो, तर ढिलै भएपनि बर्षातसँगै हिमपात भयो कर्णाली जेसिज कालिकोट शाखा बर्ष २०२१ का अध्यक्ष लक्ष्मण कुमार शाहीले बताए ।

कालीकोटमा हिउँ पर्दा कृषक उत्साहित

YUGAAWHAN NATIONAL DAILY (2077-10-23)

कालीकोटमा हिउँ पर्दा कृषक उत्साहित

नेकपा ओली समूहको वडा कमिटी विस्तार

Leave a comment

Your email address will not be published. Required fields are marked *