प्रहरी चौकी जम्बुकाँधको नवनिर्मित भवनको उद्घाटन

दैलेख, २२ पुस ।

प्रहरी चौकी जम्बुकाँधको नवनिर्मित भवनको उद्घाटन भएको छ । बुधबार एक समरोहका बीच कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार पन्तले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन गरिएको भवनको २०७५ साल मंसिर १३ गते चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले शिलान्यास गरेका थिए । नगरपालिकाको ३२ लाख २८ हजार १ सय ९० सहयोगमा भवन निर्माण सम्पन भएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका पुर्वाधार शाखा प्रमुख प्रकाशविक्रम शाहीले जानकारी दिए । उक्त भवनमा कार्यालय, व्यारेक र मेश प्रयोजनका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था गरिएको उनले जानकारी दिए ।

चौकी उद्घाटन गर्दै महानिरीक्षक पन्तले प्रहरी र जनता नङ मासुको सम्बन्ध रहेको र प्रहरीले सर्वसाधारण हरुको जिउ धन को सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बताए । यसैगरी प्रहरीप्रति आमनागरिकको आस्था, विश्वास र भरोसाको साथै राष्ट्रको प्रतिष्ठा समेत जोडिएकाले प्रहरी कर्मचारीले आफ्नो व्यबसायिकता प्रदर्शन गर्दै सदैव ईमान्दार, कर्तव्यनिष्ठ र उच्च मनोबलका साथ कार्य गर्नुपर्ने बताए ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सुर्यबहादुर शाहीले शान्ति सुरक्षा विना विकास निर्माण बढ्न नसक्ने बताए । विकास निर्माणलाई तिव्रता दिनका शान्ति सुरक्षाको आवश्यक पर्ने भएकाले प्रहरी चौकीको भवन निर्माण गरिएको उनको भनाई थियो ।

विगतको तुलनामा नगरपालिकाका शान्ति सुव्यवस्था राम्रो भएको उहाँले बताउनु भयो । नगरपालिकाको चाल्ने चौतारा र देउरालीमा अस्थायी प्रहरी चौकी स्थापना भएको खण्डमा नगरपालिका थप सबै नागरिकहरु सुरक्षित हुने उहाँले बताए । चाल्ने चौतार र देउरालीमा अस्थायी प्रहरी चौकी माग गर्ने कार्यपालिकाको निर्णय भईसकेको उहाँले जानकारी दिए । सम्बन्धित निकायले छिटो भन्दा छिटो निर्णय गरेको खण्डमा आफु आभारित हुने उनकोे भनाई छ ।

कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख तारा शाही (खत्री) ले ग्रामीण क्षेत्रमा विभिन्न हत्या हिंसालाई नियन्त्रण गर्न शान्ति सुव्यवस्थाका लागि चौकीले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि प्रहरीको महत्वपुर्ण भुमिका रहने उहाँको भनाई थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विक लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रतिनिधि, प्रहरी अधिकृतहरु, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वगा सदस्य, स्थानिय बासिन्दा, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको जनाइएको छ ।

प्रहरी चौकी जम्बुकाँधको नवनिर्मित भवनको उद्घाटन

मन्त्रीहरु नै गए प्रचण्ड–नेपाल समूहमा, कर्णालीमा ओली

प्रहरी चौकी जम्बुकाँधको नवनिर्मित भवनको उद्घाटन

ग्लोबल बैंकद्धारा मानव सेवा आश्रममा न्यानो कपडा

Leave a comment

Your email address will not be published. Required fields are marked *