डाँडास्कुलमा कम्प्युटर इन्जिनियरिङ्ग पढाइ सुरु

सुर्खेत, २२ पुस ।

वीरेन्द्रनगर–६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कुलमा कम्प्युटर इन्जिनियरको पढाई सुरु भएको छ । चालु शैक्षिकसत्रदेखि डाँडास्कूलमा तीन बर्षे कम्प्युटर इन्जिनियरको पढाई सुरु गरेको हो ।

डाँडास्कूलले सुर्खेतमै पहिलो पटक सीटीइभीटीइ अन्तरगतको तीन बर्षे कम्प्युटर इन्जिनियर सुरु गरेको हो । योसँगै सुर्खेतमै अबदेखि हरेक बर्ष ४८ जना विद्यार्थीले कम्प्युटर इन्जिनियर पढ्न पाउने भएका छन् ।

केही महिनाअघिदेखि नै कम्प्युटर इन्जिनियरको पढाई सुरु भएपनि मंगलबार औपचारिक औपचारिक उद्घाटन गरिएको विद्यालयका शिक्षक सुशील रानाक्षेत्रले जानकारी दिए । उद्घाटन कार्यक्रममा सीटीइभीटीइका कर्णाली प्रदेश कार्यालयका उप– निर्देशक एकराज अधिकारी प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष राधिका थापा प्राचार्य गणेशकुमार न्यौपाने, वीरेन्द्रनगर–६ का वडा सदस्य उपेन्द्र खड्का लगायतको सहभागिता रहेको थियो ।

डाँडास्कुलमा कम्प्युटर इन्जिनियरिङ्ग पढाइ सुरु

रुकुम पश्चिममा नयाँ डिएसपी धुर्ब कुमार श्रेष्ठ

डाँडास्कुलमा कम्प्युटर इन्जिनियरिङ्ग पढाइ सुरु

सुकुम्बासीलाई लालपूर्जा दिन पहल गर्दैछौं

Leave a comment

Your email address will not be published. Required fields are marked *