आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन अर्ब डलर ऋण पायो

काठमाण्डौ : चरम आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन अर्ब डलर ऋण पाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका वित्तीय सल्लाहकार शैकत तरिनले हिजो शनिवार साउदी अरबबाट तीन अर्ब डलर ऋण सरकारी खातामा जम्मा भएको पुष्टि गर्नुभएको बीबीसीेले जनाएको छ ।

शौकत तरिनले ट्वीट गर्दै भन्नुभएको छ, ‘म यो सहयोगका लागि साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र र साउदी अरबलाई धन्यवाद दिन्छु ।’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएको महिनाको २४ तारिखमा आफूसँग देश चलाउनका लागि पैसान नभएको र ऋण बढिरहेको बताउनुभएको थियो ।

महँगी, विदेशी मुद्राको न्यून सञ्चिती, चालु खाताको अत्यधिक घाटा, मुद्राको अवमूल्यन लगायतका कारण पाकिस्तान आर्थिक सङ्कटमा फसेको छ । साउदी अरबबाट पाकिस्तानले चार प्रतिशत ब्याज दरमा ऋण प्राप्त गरेको हो । ऋण पाएपछि पाकिस्तानको विदेशी मुद्रा सञ्चितीमा केही राहत मिल्ने र शेयर बजारमा पनि केही सुधारको अपेक्षा गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमफ० बाट पनि ६ अर्ब डलर ऋण लिने प्रक्रिया थालेको छ । यसका लागि पाकिस्तानले आईएमएफले भनेअनुसार आर्थिक नीति परिवर्तन गर्न लागेको खबरमा उल्लेख छ । पाकिस्तानको विदेशी ऋण बढेर ३० हजार खर्ब पुगेको छ । समयमै ऋण तिर्न नसक्दा कैयौँ देश र संस्थाले पाकिस्तानलाई थप ऋण नदिने घोषणा गरिसकेका छन् ।

आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन अर्ब डलर ऋण पायो

राेजगारिकाे लागि भारतकाे नासिक पुगेका सुनारकाे मृत्यु

आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन अर्ब डलर ऋण पायो

कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *