कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा आउने माघ २ र ३ गते हुने

काठमाण्डौ : कक्षा १२ को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा आउने माघ २ र ३ गते हुने भएको छ । बोर्डले गएको शुक्रवार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएका हुन् ।

बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा सी प्लसु वा त्यसभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सीु वा डी प्लसु ग्रेड प्राप्त गरेका परीक्षार्थीले दुई वा तीनमध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिनसक्ने जनाएको छ । अन्य सबै विषयमा डी प्लसु वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा डीु वा ईु ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्ने जनाएको छ ।

परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराइ आउने पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । विद्यार्थीले दोब्बर शुल्कसहित पुस २२ गतेसम्ममा फारम विद्यालयमा बुझाउनुपर्ने बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी सम्बन्धित विद्यालयले विद्यार्थीहरूद्वारा भरिएको फारम २६ गतेसम्म बोर्डका कार्यालयहरूमा बुझाउनु पर्नेछ । परीक्षाफल रद्द भएका परीक्षार्थीहरूले भने ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

२०७८ माघ २ गते अनिवार्य अङ्ग्रेजी ९००४०, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय र ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयमा परीक्षा हुने बोर्डले जनाएको छ ।

कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा आउने माघ २ र ३ गते हुने

आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन

कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा आउने माघ २ र ३ गते हुने

कांग्रेस महाधिवेशन स् प्रदेश नं-२ मा अनिश्चित

Leave a comment

Your email address will not be published. Required fields are marked *