राेजगारिकाे लागि भारतकाे नासिक पुगेका सुनारकाे मृत्यु

दुर्गा विसि : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा ६ चौतारी निवासी भैराम सुनारकाे भारतकाे नासिकका मृत्यु भएको छ ।अान्दाजि वर्ष ३५ का सुनार ५ महिना देखि भारतकाे नासिककाे एक हाेटलमा काम गर्दै आएका थिए । विरामि परे पछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो ।

उपचारकै क्रममै नेपाली समय अनुसार मंसिर १७ गते उनको मृत्यु भएको खबर घर परिवारले थाहा पाए । भारतकाे नासिक राेड महाराष्ट भारतमा रेडियट प्लस हास्पिटलमा उपचार गर्दागर्दै दुखद निधन भएकाे छाेरा विकास सुनारले जनाए ।

मजदुरिकाे लागि सुनार भारत थिए ,केही दिन अघि मात्रै विरामि परेको खबर घरमा अाइपुगेको थियोे ।दुई दिन पछि बुबाकाे मृत्यु भएको खबर थाहा पाएको छाेरा विकास ले जनाए ।घरमा बाबुकाे मृत्यु पछि अब नावालक छाेराछाेरिलाइ समस्या हुने भएको छ ।

राेजगारिकाे लागि भारतकाे नासिक पुगेका सुनारकाे मृत्यु

अब जिल्ला लिगमा पनि रेलिगेशन हुने

राेजगारिकाे लागि भारतकाे नासिक पुगेका सुनारकाे मृत्यु

आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन

Leave a comment

Your email address will not be published. Required fields are marked *