फिल्म छायाङ्कनमा सहजीकरणको माग गर्दै प्रहरीलाई निर्माता संघको पत्र

काठमाडौं । चलचित्र निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई फिल्म छायांकनका लागि आवश्यक उपकरण सहज रुपमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई संघको तर्फबाट एक पत्र बुझाउँदै सो अनुरोध गरेका हुन् ।

फिल्म छायांकनका लागि अत्यावश्यक हात हतियार, भ्यान, पोशाक, प्रहरी जवान र सहुलियत राजस्वमा सहजीकरण गर्न समेत प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत अनुरोध गरिएको छ ।

निर्माता संघले बुझाएको ६ बुँदे पत्रमा फिल्म छायांकनका लागि प्राप्त र उपकरण जरुरी परे निर्माता संघमार्फत आउने ब्यवस्था मिलाउन, माग भएको तीन दिनभित्र आवश्यक सामान उपलब्ध गराउन र प्रहरी जनशक्ति चाहिएको खण्डमा २५ देखि ५० प्रतिशत जनशक्ति उपलब्ध गराउन, प्रहरी भ्यान लिएबापत लाग्ने शुल्क घटाएर १० देखि १५ हजार कायम गर्न र प्रहरीकै निगरानीमा सक्कली हतियारबाट फिल्म छायाँकन गर्न सहज वातावरण मिलाउन लगायत माग समेटिएका छन् ।

फिल्म छायाङ्कनमा सहजीकरणको माग गर्दै प्रहरीलाई निर्माता संघको पत्र

‘इकु’को म्युजिक भिडियोमा पुष्प र प्रकृतिको रोमान्स

फिल्म छायाङ्कनमा सहजीकरणको माग गर्दै प्रहरीलाई निर्माता संघको पत्र

पुराना निर्देशक उमेशनाथ अर्यालको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!