पुराना निर्देशक उमेशनाथ अर्यालको निधन

काठमाडौं । नेपाली कला क्षेत्रका पुराना निर्देशक उमेशनाथ अर्यालको निधन भएको छ । अर्यालको हृदयघातको कारण कारण बुधबार बिहान निधन भएको हो ।

अर्यालको निधनको जानकारी अभिनेता सरोज खनालले सामाजिक संजाल मार्फत गराएका छन् । सरोजले लेखेका छन् ‘मेरा आदरणीय गुरु उमेशनाथ अर्याल जसले ‘भिडदेखि भिडसम्म’, ‘बन्धकमा परेको जीवन’, ‘आकाश पनि चुप छ’, ‘पिजडा’लगायत अन्य थुप्रै कालजयी टेलिफिल्महरुको लेखन एवं निर्देशन गर्नु भएको थियो ।

केही दिन अघि परेको गुरु पूर्णिमाको दिन म आशीर्वाद लिन उहाँको निवास गएको थिए । आज बिहान हृदयघातका कारण उहाँको स्वर्गारोहण भएकाले आफ्नो अभिभावक गुमाउनु परेको पिडाबोध भइरहेको छ ।’

अर्यालको निधन प्रति नेपाली कलाक्षेत्रका बिभिन्न ब्यक्तिहरुले सामाजिक संजाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।

पुराना निर्देशक उमेशनाथ अर्यालको निधन

फिल्म छायाङ्कनमा सहजीकरणको माग गर्दै प्रहरीलाई निर्माता

पुराना निर्देशक उमेशनाथ अर्यालको निधन

अस्पतालबाटै अभिनेत्री यशिकाले भनिन्– ‘यो मेरो दोस्रो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!