बौद्ध ग्रामीणको दुल्लूमा एकाइ भेला
सुर्खेत, ८ पौष ।
बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. को एकाई नं. २ को भेला दैलेखको दुल्लुमा सम्पन्न भएको छ । कोरोना महामारीको जोखिमलाई ख्याल गर्दै संस्थाले साधारणसभा कार्यक्रम भर्चुअल माध्यमबाट सञ्चालन गरेकोे हो ।
एकाइ भेलामा दैलेख जिल्लामा रहेका शाखा कार्यालय राकम कर्णाली र दुल्लू शाखामा आवद्ध सदस्यहरुको भर्चुअल सहभागीता रहेका छ । कार्यक्रममा संस्थाको लघुवित्त कार्यक्रमतर्फ उत्कृष्ट कारोबार गर्ने प्रथम, दोस्रो र तेस्रो केन्द्रहरु, उत्कृष्ठ बचतकर्ता, असल ऋणी तथा उत्कृष्ठ लघु उद्यमी सदस्यलाई पुरस्कृत समेत गरिएको छ ।
कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष सिंंह बहादुर गुरुङ्गको अध्यक्षतामा र दुल्लु नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भरत प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।