हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

हुम्ला, २ पुस ।

लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ।

यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले रु पाँच हजार ३०० कायम गरेको छ। नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए।

यसै गरी नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार ९०० भाडादर रहेको उनले जानकारी दिए। नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ।

हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

राष्ट्रिय सडक संजालसँग जोडियो तल्लो हुम्ला

हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

आफन्तलाई जागिर खुवाएको भन्दै नगरपालिकामा तालावन्दी

Leave a comment

Your email address will not be published. Required fields are marked *