आफन्तलाई जागिर खुवाएको भन्दै नगरपालिकामा तालावन्दी
जाजरकोट, २ पुस ।
जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी नियुक्तीमा अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छेडागाड नगर संगठन कमिटीले आपत्ती जनाएको छ ।
नगरपालिकाले गत भदौ २९ गते जेटिए र सवइन्जिनियरको लागि विज्ञापन खुलाएको थियो । नगरपालिकाका अधिकृत गंगबहादुर रोकाय र लेखा सहायक भिम बहादुर विकले आफन्तबाट आर्थिक रकम लिएका थिए । असोज २६ गतेको नजितामा रोकायको आफन्त एक जना, विकको आफन्त एक जना र पञ्जिकरण विभागका संयोजक पवन थापाको आफन्त एक जनाको नाम निस्केको प्रति कमिटीले आपत्ती जनाएको हो ।
कमिटीले नाता र कृपावादमा जागिर लगाइदिएको र भुगोल र समावेशीकरण नगरिएको भन्दै परीक्षा रद्द गर्न माग गरेको छ । परीक्षा रद्द नभएसम्मका लागि अधिकृत रोकाय र लेखा सहायक विकको शाखामा तालावन्दी गरिएको छ ।