दैलेखमा दबाव मुलक कार्यक्रम

कृष्णप्रसाद अधिकारी ।

दैलेख, २३ असार ।

केन्द्रमा भईरहेको नेपकाको आन्तरिक विदादको विषयलाइ लिएर पार्टीलाई एकबद्ध हुन दवाब दिदैँ दैलेखमा दबाव मुलक कार्यक्रम गरिएको छ । हामी एकताको पक्षमा छौ, जनपक्षीय नेकपाको पक्षमा छौ, पार्टी पद्धतिमा चल्नु पर्छ, नीति प्रधान हो नेता प्रधान होइन, राजनीति स्थायित्व कायम हुनुपर्छ, फुटेर होइन जुटेर अघि बढौं हामिलाई एकताबद्ध नेकपा चाहिन्छ लेखिएको प्ल्य कार्ड बोकेर दैलेखमा मंगलबार दबाव मुलक कार्यक्रम गरिएको हो ।


कोरोनाको कारण सामजिक दुरी कायम गर्दै नेकपाको पार्टी कार्यालय दैलेखमा दबावमुलक कार्यक्रम गरिएको अनेरास्ववियू दैलेखले जानकारी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेपाल (नेकपा) अध्यक्षलाई सम्बोधन गरी केन्द्रिय कार्यालय धुम्वाराहीलाई नेकपा दैलेख मार्फत नेतृत्वलाई एकताको पक्षमा दवाद दिने उद्देश्यले ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र नेकपा प्रदेश कमिटी सदस्य, सुर्य बहादुर शाही, मायाराम अधिकारी, गोपाल नेपालीको सहभागितामा जिल्ला पार्टी सचिव प्रेम कटुवाललाई बुझाईएको हो । उक्त पत्रमा कोभिड–१९ को विश्व महामारीको युद्ध लडिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सृजना भएको बिबादले सम्पुर्ण पार्टी कार्यकर्ता, जनवर्गीय संगठन, पार्टी सदस्य र शुभचिन्तक तथा आम नागरिकले संकटपुर्ण अवस्थाको अनुभुती गरेको कार्यक्रममा सहभागीहरुले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विगतमा गरेका सहमतिहरु, पार्टी विधान र निर्वाचनमा जनतासंग गरेका प्रतिबद्धतालाई हृदयंगम गरि पार्टी एकताको मर्म र भावना अनुरुप विवेकपूर्ण कदम चाल्न नेतृत्वमा अनुरोध गरिएको छ ।

पार्टी एकता देशका लागि, सार्बभौमिकताका लागि, स्वाभिमानका लागि, विकास र समृद्धिका लागि, राजनीति स्थायित्वका लागि थियो । बिभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरि संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद उन्मुख ऐतिहासिक कार्यभार सहित भएको दुई ठुला कम्युनिस्ट पार्टीको एकता गौरवको बिषय भएकोले पार्टी टुटफुट होइन एक ढिक्का भएर अगाडि जानु पर्नेमा सबैले जोड दिएका छन् ।

कार्यक्रमा सहभागिहरुका अनुसार यदि हामी विभाजन तर्फ अगाडि बढ्यौ भने इतिहासले क्षमा गर्ने छैन,परिबर्तनले क्षमा गर्ने छैन, समकालीन नेतृत्वलाई इतिहासकै दिगमिगलाग्दो अबधी बन्ने छ । परिवर्तनको दिर्घ प्रतिक्षा गरेका आम नागरिक ठगिएको महसुस गर्नेछन । नेपाली कम्युनिस्ट आन्दोलन माथी धोका हुनेछ । देश जनता र पार्टीको रणनीतिक उदेश्य प्राप्तिका लागि पार्टी एकताबद्ध भएर अगाडि बढ्नुको बिकल्प नभएको परिस्थितिमा पार्टी भित्रका आन्तरिक कुराहरु बाहिर जनसमुदायमा आउनुले नकारात्मक प्रभाव पर्ने गरेको छ ।

कुनै पनि सैद्धान्तिक बिमती,लक्ष उद्देश्यमा फरक मत छैन हाम्रा कार्यक्रममा पनि एक मत छैन भने किन झगडा किन पार्टी बिभाजनको बाटोमा जान दिने,? हाम्रा अग्रज नेतृत्वले भुटेको मकै खाएर, फाटेको जुता लगाएर निर्माण गरेको संगठनले आज देशको ठूलो पार्टी बन्ने अबसर नेकपालाई प्राप्त भएको छ यसलाई जोगाएर जनपक्षीय काम गर्नु पर्ने जिम्मेवारी रहेको सह–सयोजक हेमन्त दशांंैदीले बताए ।
ज्ञापनपत्रमा अनेरास्ववियू केन्द्रिय सदस्य भुपेन्द्र शाही, बिश्णु बुढा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य गोपाल बहादुर बुढा र अनेरास्ववियू दैलेखका सह–संयोजक हेमन्त दशौंदीको हस्ताक्षर गरिएको छ ।

दैलेखमा दबाव मुलक कार्यक्रम

‘आयौ चेली माइती सम्झेर’

Leave a comment

Your email address will not be published. Required fields are marked *