अनिवार्य मास्क लगाउन जिल्ला प्रहरी कार्यालय कालिकोटको आग्रह

तुलराज पाण्डे ।

कालिकोट, २३ असार ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड(१९) संक्रमणको जोखिम बढेको भन्दै नागरिकलाई घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

अटेर गरेर विना काम घरबाहिर मास्क नलगाइ र भिडभाड गर्नलाई जिल्ला प्रहरी कार्यालयले कारवाही गर्ने कालिकोट जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए । गृहमन्त्रालयले सोमवार ७७ वटै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाइ हिड्नेलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

गृहमन्त्रालयको निर्देशन अनुसार मंगलवार जिल्ला जिल्ला प्रहरी कार्यालय कालिकोटले सुचना जारी गर्दै घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्ने जनाएको हो ।

मास्क नलगाइ हिँड्ने र सामाजिक दुरी कायम नगर्नेलाई संक्रमण रोग ऐन, २०२० अनुसार कारवाही गर्ने परिपत्र गरेको हो । सरकारले गत असार १ गतेबाट लकडाउन खुकुलो बनाएको छ । लकडाउन खुकुलो बनाएपछि मास्क नलगाउने, भौतिक दुरी कायम नगर्ने, विनाकाम बाहिर निस्कने, भीडभाड गरेको र संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले ७७ वटै जिल्लाका प्रहरी कार्यालयलाई परिपत्र गरेको हो छ र कालिकोट जिल्ला का सबै चौकिहरु लाई पनि जानकारी गराइ सकेको डिएसपी श्यामबाबु ओलियाले बताए ।

अनिवार्य मास्क लगाउन जिल्ला प्रहरी कार्यालय कालिकोटको आग्रह

आइसोलेसनमा बसेका १८ जनाको रिपोर्ट नेगेटिभ

अनिवार्य मास्क लगाउन जिल्ला प्रहरी कार्यालय कालिकोटको आग्रह

दैलेखमा दबाव मुलक कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *